मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

लोकपथ
910
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मन्त्रीहरूसँग उच्चस्तरीय छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वर्तमान राजनीतिक तथा प्रशासनिक परिस्थितिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे मन्त्रीहरूसँग बैठक भइरहेको छ ।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बोलाएर चार वटा प्रारम्भिक निर्णयसमेत गरेका थिए ।

नयाँ सरकारको प्राथमिकता निर्धारण र कामको गति तीव्र बनाउने उद्देश्यसहित बैठक जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?