तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्यो

लोकपथ
252
Shares

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति शुद्धीकरणमा मुद्दा अघि बढेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले तीन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सम्पत्ति छानबिन सुरु भएको हो ।

त्यस्तै २ मन्त्रीहरु डा.आरजु राणा देउवा र दिपक खड्का, उनीहरुको परिवारको नाममा रहेको चल अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतका विषयमा अनुसन्धान अघि बढाइएको हो ।

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै केपी शर्मा ओली र पूर्वमन्त्रीहरु दिपक खड्का तथा रमेश लेखक पक्राउ परिसकेका छन् ।

यता पूर्वप्रधानमन्त्री देउवा र देउवापत्नी समेत रहेकी पूर्वमन्त्री आरजु राणा देउवाको बुढानिलकण्ठस्थित निवास भत्काउने काम समेत रोकिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार बिहान पूर्व उर्जामन्त्री खड्कालाई पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दामा छानबिनका लागि खड्कालाई जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा बूढानिलकण्ठस्थित पूर्वप्रधानमन्त्री देउवा र पूर्वमन्त्री आरजु राणा तथा पूर्वमन्त्री खड्काको निवासबाट ठूलो मात्रामा नेपाली नोट र डलर जलेको अवस्थामा फेला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?