काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा भवन भत्काउन रोक लगाइएको हो ।
जेनजी प्रदर्शनमा आगजनी भएको घर केही दिनदेखि भत्काउन सुरु गरिएको थियो । तर, रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि काठमाडौं जिल्ला प्रशासनले भवन भत्काउन रोक लगाएको हो । प्रशासनको निर्णयसँगै प्रहरीले भवन भत्काउन रोक लगाएर त्यहाँबाट कार्यरत कामदार पनि हटाइसकेको छ ।
प्रदर्शनकारीले आगजनी गर्दा सो घरबाट जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम संकलन गरेर राखेको थियो ।
सो घर बस्नयोग्य नभएपछि पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवा महाराजगन्जस्थित भाडाको घरमा बस्दै आएका छन् । यद्यपि, देउवा दम्पती अहिले नेपालमा छैनन् । हाल हङकङमा रहेका देउवा दम्पती नेपाल फर्कने पनि निश्चित छैन ।
देउवा र उनकी पत्नी आरजुमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया