काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मादक पदार्थ (मापसे) जाँच गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारमा रहेका सबै व्यक्तिको नियमित रूपमा मापसे र लागु पदार्थ (लापसे) जाँच हुनुपर्ने बताए ।
उनले भनेका छन्,‘ धानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ । सांसदहरूको पनि गर्नु पर्छ । देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।
उनका अनुसार प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्म सबैको यस्तो परीक्षण अनिवार्य गर्नुपर्छ ।
उनले देशको समग्र स्वास्थ्य र सुशासनका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया