प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट’

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शन नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सिंहदरबार आसपासमा समेत सुरक्षा कडा गरिएको बताइएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा भएको दमनको पृष्ठभूमिमा ओली र लेखक पक्राउ परेपछि एमालेले विरोध स्वरूप सडकमा प्रदर्शन सुरु गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार समेत गरेको छ ।

लाठी प्रहारका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?