काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा छन् ।
बैठकको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् ।
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि ठमेलको एक होटलमा करिब २० नेताहरू बैठकमा जुटेका छन् ।
बैठकमा खड्कासँगै डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल र निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया