५ कक्षासम्मका सरकारी विद्यालयमा रंगीन पुस्तक

काठमाडौँ, २४ कात्तिक- सरकारले आगामी शैक्षिक सत्रदेखि सरकारी विद्यालयमा ५ कक्षसम्म रंगीन पाठ्यपुस्तक प्रयोगमा ल्याउने भएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि ५ कक्षासम्मका पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पिआरसी) तयार पारेर निर्णयका लागि शिक्षा मन्त्रालयमा पठाएको छ पाठ्यक्रम विकास केन्द्र (सिडिसी)का कार्यकारी निर्देशक कृष्ण काप्रीले देशभरका लाखौँ विद्यार्थीले आगामी शैक्षिक सत्रबाट रंगीन पाठ्यपुस्तक पढ्न पाउने बताए । उनका अनुसार कक्षा १ र २ को पिआरसी अघिल्लो तयार भएको थियो । यो वर्ष केन्द्रले कक्षा ३, ४ र ५ को पाठ्यपुस्तकको पिआरसी तयार गरिसकेको जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?