कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

लोकपथ
392
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रो रूपमा उभिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

शनिबार जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा मन्त्री गुरुङले पारदर्शी र प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न आग्रह गरेका हुन् । उनले शान्ति सुरक्षा कायम गर्न कुनै ढिलासुस्ती नगर्न पनि निर्देशन दिएका छन् ।

त्यस्तै, गृहमन्त्री गुरुङले शनिबार नै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?