ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पुर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

आज बसेको एमालेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकमा एमालेले ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण निर्णय भनेको छ ।

‘हाम्रा पार्टीका आदरणीय अध्यक्ष एवं नेपाल सरकारका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण गिरफतारी गरिएको छ । दुवैलाई जनालाई तत्काल छाड्न माग गर्दछौँ,’ महासचिव पोखरेलले भने ।

त्यस्तै एमालेले भोलिबाट देशभर आन्दोलनको घोषणा गरेको छ । आजैदेखि विभिन्न ठाउँमा ओली पक्राउको विरुद्धमा नारा लाग्न सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?