ओली पक्राउ परेपछि ‘प्रतिशोध’ भन्दै सडकमा निस्कियो एमाले कार्यकर्ता

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

एमाले कार्यकर्ताहरुले ओली पक्राउको विरोधमा शहरका मुख्य सडकहरुमा प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । विशेषगरी चाबहिल चोकमा कार्यकर्ताहरुको उपस्थिती बढी देखिएको छ ।

प्रहरीले शनिबार बिहानै पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो भने पछि पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । प्रदर्शन र सडक गतिविधि हालसम्म जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?