राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्छौँ : छविलाल विश्वकर्मा

लोकपथ
84
Shares

काठमाडौं  । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने  बताएका छन् ।

यस घटनालाई ‘गलत’ र ‘निन्दनीय’ भन्दै पार्टीले यसमा विमर्श गरेर थप कदम चाल्ने जानकारी दिए । 

 विश्वकर्माले पार्टीको आधिकारिक धारणा बैठकपछि मात्रै थप स्पष्ट हुने बताए । विश्वकर्माकाअनुसार पार्टीको तर्फबाट यस विषयमा प्रारम्भिक धारणा सार्वजनिक भइसकेको छ । उनले विषय अगाडि बढिसकेकाले आन्तरिक छलफल पछि मात्रै थप कुराहरू बाहिर ल्याइने  बताए ।

उनले भने, ‘राजनीतिक रूपमा यसको प्रतिवाद हुन्छ । कानुनी लडाइँ सँगसँगै हुन्छ नै । यो आएर भर्खर मलाई थाहा भइरहेको छ । यो गलत भएको छ । अब बैठकमा छलफल भएर विमर्श भएपछि मात्र भन्न सकिन्छ ।’

बैठकबाट छलफल भइसकेपछि पार्टीले समग्रतामा आफ्नो आधिकारिक धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने उनले स्पष्ट पारे  । अध्यक्ष ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट ज्यान सम्बन्धी कसुरको मुद्दामा सरकारले पक्राउ गरेको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?