कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने एमालेको तयारी

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुग्नुभएका उपाध्यष पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनी आधार बिना पक्राउ गर्नु गम्भीर भएको बताएका हुन् ।

अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको उनको भनाइ छ । पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानूनी रुपमा कडा प्रतिवाद गर्ने जानकारी दिए ।

उनले भने, ‘समस्या त अब गम्भीर नै भयो तर जुन दफाहरु लगाइएको छ, त्यो दफाहरु चाहिँ लगाउने आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र यो कानूनी रुपमै कत्तिको प्रतिवाद गर्न सकिन्छ, कानूनी रुपमा पनि प्रतिवाद गर्छौं । र त्यसपछि अब अरु के गर्ने भन्ने कुरो अहिले हामी सचिवालयको बैठकमा छलफल गरेपछि थप पाइलाहरु के हुनेछन् भन्ने कुरा अब अहिले रणनीति बन्छ अब त्यसको बारेमा ।’

पार्टीको आगामी कदमका बारेमा जानकारी दिँदै उनले सचिवालय बैठकपछि थप रणनीति बन्ने बताए । उनकाअनुसार सचिवालयको बैठकमा छलफल गरेपछि थप रणनीति तय गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?