काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली समाजले पाकिस्तानी वा बङगलादेशी मोडल स्वीकार नगर्ने बताएका छन् ।
आज बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बास्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला, पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’
उनले यसरी प्रकट गरेको धारणा वर्तमान राजनीतिक अस्थिरता र पार्टीभित्रको विरोधाभासलाई उजागर गर्ने संकेत भएको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया