काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न आग्रह गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गर्दै राजनीतिमा पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो पर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर ।’
प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया