पक्राउपछि रमेश लेखकले भने – ‘सरकारले कानुनलाई खेलौना बनायो’

लोकपथ
721
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको बताएका छन् ।

शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेपछि प्रतिक्रिया दिँदै लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरिएको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?