काठमाडौं । श्रम श्रस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउबारे प्रतिक्रिया जनाएका छन् ।
आज जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसबारे प्रतिक्रिया जनाउँदै हर्कले आफूले पहिल्यै यो कदम नयाँ सरकारले चाल्न सक्ने बताएको दाबी गरे । साथै अरुले जिते प्रतिशोधको राजनीति हुन्छ भन्ने आफूले यसअघि नै बताएको तर कसैले कुरा नबुझेको उनको तर्क छ ।
‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्या थें । अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर । अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया