काठमाडौं । भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ भने एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भक्तपुरस्थित गुण्डु निवासमा बिहानदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका छन् । वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका हुन् । उनीहरू कानुनी परामर्शका लागि एमाले अध्यक्ष ओली निवास पुगेका हुन् ।
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी अधिकारीहरू पुर्जीसहित आएको भन्दै अध्यक्ष ओलीले केही बेरमा गिरफ्तारी दिने बताइन् ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै गृहमन्त्री सुदन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रूपमा लिखित आदेश माग गरेको थियो । मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया