काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले पार्टीले चुनावअघि आम नागरिकलाई गरेको वाचा पूरा गर्न शुरु गरिसकेको दाबी गरेका छन् ।
अब वाचापत्रमार्फत जनताको जनजीविकामा ठोस परिवर्तन ल्याउने जिम्मेवारी पार्टीमाथि रहेको उनको भनाइ छ ।
उनले सरकार नागरिकसँग गरेका वाचाहरु पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘पार्टीले आम नागरिकलाई गरेको जुन वाचा थियो आज हामीले त्यो पुरा गरेका छौँ । अब वाचापत्रमार्फत जनताको जनजिविकामा परिवर्तन ल्याउने जुन वाचा हामीले गरेका छौँ त्यो पुरा गर्ने दायित्व र जिम्मेवारी हामीसँग छ । मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पनि पुरा गर्छौं ।’
प्रधानमन्त्री आलोपालो हो कि पुरै कार्यकाल बालेन्द्र साहले चलाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्योबारे कुनै सल्लाह नभएको जवाफ फर्काए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया