काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।
शुक्रबार अपरान्ह पूजापाठसँगै शुभ साइत पारेर बालेन बालुवाटार प्रवेश गरेका हुन् ।
बालेनले आजै पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा १२ः३४ को साइतमा शपथग्रहण गरेका बालेनले त्यसपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेका थिए ।
आजै मन्त्रिपरिषद् बैठक समेत बसेको छ । केही महत्वपूर्ण निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
बालेन प्रधानमन्त्री नियुक्त हुने भएसँगै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारस्थित सरकारी निवासबाट सामानहरु धापासीस्थित निवासमा सारिएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया