मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौंबाट दोलखा उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

शुक्रबार मध्यान्न १२ः२७ बजे हेलिकप्टर दोलखाका लागि उडेको थियो ।

९एन–एएनओ कल साइनको हेलिकप्टरको अवस्था अझै अज्ञात रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरिप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए ।

‘अहिलेसम्म कुनै पनि जानकारी प्राप्त हुन सकेको छैन । हामीले त्यसको खोजीका लागि सबै पक्षसँग समन्वय गरेर खोजीकार्य गरिरहेका छौँ,’ उनले लोकपथसँग भने ।

उनका अनुसार उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । बेपत्ता मुस्ताङ हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?