प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिबद्ध छु : नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना

लोकपथ
84
Shares

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र साह‘बालेन’को मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको  बताएका छन् ।

शुक्रबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उनले सो प्रतिबद्धता व्यक्त  गरेका हुन् । मन्त्री तिमिल्सिनाले मन्त्रीको रूपमा आफूलाई कुनै पनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पारे ।  

उनले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिए । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो । 

उनले भने,‘मेरो दिल भित्रबाट, मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनै पनि गलत गर्ने छुट छैन । कुनै गल्ती भयो भने ती शहीदहरूको सराप म माथि लाग्ने छ । म यो विषयमा एकदम धेरै चिन्तित पनि छु । र फोकस भएर काम पनि गर्नेछु । र यहाँहरु हरेकले आफ्नो तह र तप्काबाट यो मेरो मिसनमा यो देशमा नयाँ सरकार आएको छ । बालेन्द्र साह प्रधानमन्त्री हुनुभएको छ । हरेक मन्त्रालयले उहाँको मिसन र भिजनमा साथ दिने हो । म हाम्रो मन्त्रालयको तर्फबाट त्यसको लागि म पूर्ण रूपमा कटिबद्ध छु । र एज ए टिम तपाईहरु सबैबाट एकदमै ठुलो अनिष्टेका साथ, इमान्दारिताका साथ यहाँको जति जे क्षमता छ । त्यो क्षमताको पूर्ण सदुपयोग गरेर किनभने यहाँहरुले पनि भोली यो मन्त्रालयबाट पनि रिटायर्ड हुनुपर्ला । जिम्मेवारीबाट पछि हटनु पर्ला । त्यतिबेला गर्व गर्न लायक एउटा वातावरण बनोसकि मैले यो देशले खोजेको बेलामा यति ठुलो योगदान गरेको थिए । त्यो दिन सम्झनालायक बनाउने जिम्मेवारी अव तपाईँको काँधमा पनि आएको छ । मेरो काँधमा पनि आएको छ । अब हामी एउटै परिवारजस्तो भएर यो देशको हितका लागि काम गर्नुपर्ने जिम्मेवारीमा छौँ ।’

मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रूपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?