कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छ : अध्यक्ष राई

लोकपथ
28
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको  बताएका छन् । 

शुक्रबार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो  बताएका हुन् । 

अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नागरिकको सक्रिय सहभागिता बिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताए ।  

ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्नसके मात्र विकासले गति लिने भन्दै उनले श्रम संस्कृति पार्टीमा कम्तीमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको  बताए । 

उनले भने ‘कुराले देश बन्दैन । कामले मात्रै बन्ने हो । त्यस कारण हामी सबै मिलेर काम गरौँ । मुलुकको विकासका लागि एउटा यस्तो संगठन निर्माण गरौँ जुन संगठनमा थोरैमा पनि एक करोड श्रमदाता होस् । एकैचोटि एक करोड मान्छेको दुई करोड हात चल्दा के हुन्छ होला ? श्रमदानले हामीलाई मुख्यतः तीन फाइदा गर्छ । हाम्रो शरीर बलियो बनाउँछ । यसले हाम्रो समाज बलियो बनाउँछ र श्रमदानले मुलुकलाई विकासको दिशामा अगाडि पनि बढाउँछ । हामी दार्चुलामा पुल निर्माण गर्दैछौँ । राज्यले गर्न नसकेको काम श्रमदानले गर्छ । त्यसले गर्दा यसले विकास पनि गर्छ ।’

सरकारले गर्न नसक्ने कामहरू समेत नागरिकको स्वस्फूर्त श्रमदानले सम्भव हुने उनको भनाइ छ । उनले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको समेत जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?