यी हुन् माओवादीमा परिवारवाद लाद्नेहरु, प्रचण्डदेखि वर्षमानसम्म (सूची)

काठमाडौँ, २४ कात्तिक- माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारजना उम्मेदवार छन् । प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार छन् । भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना पाएकी थिइन् । उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन् । भूमिगतकालमै सक्रिय भाइ नारायण दाहालले ०६४ मा चितवनबाट निर्वाचन जितेका थिए । यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन् । त्यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ (क) बाट प्रदेश सभामा उम्मेदवार छन्, नयाँ परिकामा खबर छ पुन परिवारबाट तीनजनामाओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मेदवार छन् । जनयुद्धमा सँगै हिँडेका पुन रोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । यस्तै, वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ (क)बाट प्रदेश सभा उम्मेदवार छिन् हितमान दम्पती दुवै उम्मेदवारमाओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र श्रीमती अमृता थापा प्रतिनिधिसभाकै समानुपातिकमा परेकी छिन् शर्मा दाजुभाइ नै निर्वाचनमामाओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुम र भाइ अनिल शर्मा काठमाडौं १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छन्बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमामाओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी सत्य पहाडी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमामाओवादी केन्द्रका नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् भने पत्नी यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभाकै समानुपातिकमा सूचीमा परेकी छिन् केसीदम्पती उम्मेदवारमाओवादी केन्द्रका अर्का नेता कुलप्रसाद केसी रोल्पा (क)बाट प्रदेश सभा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् भने श्रीमती तारा घर्ती केसी प्रतिनिधिसभा समानुपातिकमा परेकी छिन् पति–पत्नी नै उम्मेदवारमाओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा समानुपातिक र श्रीमान् कृष्णध्वज खड्का प्युठान (ख)बाट प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार छन् देवी खड्का परिवारका तीनजना उम्मेदवारमाओवादी केन्द्रकी नेतृ देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । भाइ विशाल खड्का दोलखा (क)बाट प्रदेश सभा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?