काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो फेसबुकमार्फत बधाई दिएका हुन् ।
प्रधानमन्त्री बालेनलाई बधाई दिँदै मोदीले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई, तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिबिम्ब हो ।’
भारतीय प्रधानमन्त्री मोदीले समकक्षी बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पु¥याउन उत्सुक रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पु¥याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया