नयाँ सरकारको वरियता सूची : सुदनलाई स्वर्णिम वाग्लेपछिको तेस्रो स्थान

लोकपथ
532
Shares
फाइल तस्बिर

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री सुदन गुरुङलाई तेस्रो वरियता दिइएको छ ।

सरकारको वरियता क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गृहमन्त्री गुरुङको स्थान निर्धारण गरिएको हो ।

नेपालमा प्रचलित अभ्यासअनुसार मन्त्रीहरूको वरियता निर्धारण गर्दा अनुभव र वरिष्ठतालाई आधार मान्ने गरिन्छ । विशेषगरी पहिले मन्त्री भइसकेका व्यक्तिलाई उच्च वरियतामा राख्ने परम्परा रहेको छ ।

नयाँ सरकार गठनसँगै मन्त्रीहरूको वरियता निर्धारण गरिएको हो, जसले मन्त्रिपरिषद्‌भित्रको कार्यसम्पादन र प्रोटोकल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?