काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषदमा रहने १५ मन्त्रीको नाम टुंगो लागेको छ ।
बालेनलाई आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनले अब केही समयपछि पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
शुक्रबार बिहान बसेको बैठकले अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, कानुनमा सोविता गौतम, ऊर्जामा विराजभक्त श्रेष्ठ, गृहमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र सामान्य प्रशासनमा प्रतिभा रावलको नाम टुंगो लगाएको छ ।
यसैगरी, पर्यटनमा खडक (गणेश) पौडेल, उद्योगमा अमरेशकुमार सिंह, भौतिक पूर्वाधारमा सुनिल लम्साल, कृषिमा गीता चौधरी, सञ्चारमा विक्रम तिमिल्सिना, श्रममा दीपक साह, शिक्षामा सस्मित पोखरेल, महिलामन्त्रीमा सीता वादी र स्वास्थ्य मन्त्रीमा निशा मेहताको नाम टुंगो लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया