वीरगञ्ज नाकाबाट ७ महिनामा झण्डै ६ खर्बको सामान आयत 

लोकपथ
42
Shares

पर्सा ।  चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै  पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा  ५८ अर्ब ९१ करोडअर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने पाँच खर्ब ३६ अर्ब ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए । 

वीरगञ्ज हुँदै चालु आवको सात महिनामा  एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा रु ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरूको आयात भएको छ । 

साथै  ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा,  ४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल,  ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा,  २८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र  २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडाहरू आयात भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?