काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४६ सयले घटेर २ लाख ८१ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी १५० रुपैयाँले घटेको हो । अघिल्लो दिन ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १५० रुपैयाँले घटेर ४ हजार ६७०रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया