दक्षिण गाजामा इजरायली हवाई हमला : ३ बालबालिकासहित ४ जना घाइते

लोकपथ
21
Shares

 काठमाडौं । दक्षिणी गाजाको अल–मावासी क्षेत्रमा विस्थापित व्यक्तिहरू आश्रय लिइरहेको टेन्टमा इजरायलको हवाई हमलामा तीन बालबालिकासहित चार जना घाइते भएका छन् । 

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ ।

त्यसैबिच, मध्य गाजाको नुसेइरात शरणार्थी शिविरको दक्षिणी भेगमा मंगलबार साँझ इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।

बुधबार हमासले इजरायलको हवाई हमला, कडा नाकाबन्दी र पुनर्निर्माणमा लगाइएका प्रतिबन्धहरूलाई युद्धविराम प्रयास बिथोल्ने रणनीति भएको आरोप लगाएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार, अक्टोबर २०२५ मा लागू भएको युद्धविराम यता मृतकको संख्या ६ सय ८९ पुगेको छ भने १ हजार ८ सय ६० जना घाइते भएका छन्। ७ अक्टोबर २०२३ देखि हालसम्म कुल मृतकको संख्या ७२ हजार २ सय ६५ र घाइतेको संख्या १ लाख ७१ हजार ९ सय ५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?