काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री कसलाई बनाउने भन्ने रस्साकस्सी चलिरहेका बेला सुदन गुरुङको नाम ‘बलियो’ गरी आएको छ ।
रास्वपा सभापति रवि लामिछानेले शक्तिशाली गृहमन्त्रीमा पार्टी उपसभापति डीपी अर्यालको नाम अघि सारिरहेका बेला प्रधानमन्त्रीमा नियुक्त बालेनले त्यसप्रति असहमति जनाउँदै सुदनको नाम अघि सारेको स्रोतको दाबी छ ।
जारी उच्चस्तरीय छलफलमा सुदनले गृहमन्त्रीमा दाबी गरेको जनाइएको छ । गृह मन्त्रालय नपाए उनको चाहना पर्यटन मन्त्रालय रहेको जनाइएको छ ।
उनलाई सुरुमा युवा तथा खेलकुद मन्त्रालय दिने प्रस्ताव गरिएको थियो । सो प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उनले ‘म खेलकुदमा फुटबल खेल्न जाने हो र’ भन्दै आक्रोश पोखेको बताइएको छ ।
उनी गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया