नेपाली कांग्रेसले नवनिर्वाचित सांसदलाई तालिम दिने

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले नयाँ निर्वाचित सांसदहरूलाई तालिम दिने भएको छ । पार्टीले सांसदहरूलाई संसदीय कामकाज, प्रक्रिया, प्राथमिकता र पार्टीको प्रतिज्ञापत्रबारे जानकारी दिनेछ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार तालिम कार्यक्रम शनिबार बिहान ११ बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुनेछ ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना सांसद निर्वाचित भएका छन् । राष्ट्रियसभामा पनि कांग्रेसबाट नौ जना नयाँ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?