काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।
बालेनलाई हिजै मात्र रास्वपाले संसदीय दलको नेता चयन गरेको थियो ।
नवनियुक्त प्रधानमन्त्री शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया