केही मन्त्रीको टुंगो लाग्यो, गृहमन्त्री अझै अनिश्चित

लोकपथ
1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका केही मन्त्रीको नाम टुंगो लगाएको छ । 

स्रोतका अनुसार, डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री, शिशिर खनाललाई परराष्ट्रमन्त्री र सोविता गौतमलाई कानुनमन्त्री बनाइने भएको छ । 

यस्तै, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, सुदन गुरुङ, निशा डाँगी, गीता चौधरी, सीता बादी पनि मन्त्रीको सूचीमा रहेको छ । 

यस्तै, डीपी अर्याललाई सभामुख बनाउने तयारी भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?