काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बालेनको नेतृत्वसँगै देशमा नयाँ आशा पलाएको बताएका छन् ।
उनले भ्रष्टाचारविरुद्धको संघर्षमा आफूले भोगेको पीडा स्मरण गर्दै अबको नेतृत्वले अपराधीहरूलाई कठघरामा उभ्याउने विश्वास व्यक्त गरे ।
शाहीले वि.सं. २०७६ जेठ १५ र असोज ११ मा सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमला पनि स्मरण गरे । उनले भने, ‘संसद् सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म भ्रष्टाचार विरुद्ध चिच्याउँदा घाँटी दुख्यो, तर कार्यान्वयन हुन सकेन । तर आज आशा जागेको छ ।’
शाहीले छानबिनको माग गरेका २२ भ्रष्टाचार काण्डहरू यसप्रकार छन् :
शाहीले छानबिनको माग गरेका २२ भ्रष्टाचार काण्डहरू यसप्रकार छन् स्
लाउडा जहाज भ्रष्टाचार
वाइडबडी जहाज खरिद प्रकरण
सुडान घोटाला
लडाकु शिविर अनियमितता
ललिता निवास जग्गा प्रकरण
पतञ्जलि जग्गा प्रकरण
गिरीबन्धु टी–इस्टेट
टीकापुर जग्गा घोटाला
लिची बगान जग्गा प्रकरण
बालमन्दिर र बाँसबारी जग्गा प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरण
भिजिट भिसा प्रकरण
ओम्नी औषधि खरिद प्रकरण
नेपाल ट्रस्टको जग्गा प्रकरण
३३ किलो सुन तस्करी
६० किलो सुन तस्करी
सहकारी ठगी
सेक्युरिटी प्रेस खरिद ९९७० करोड०
टेरामक्स प्रकरण
अन्तःशुल्क स्टिकर प्रकरण
मेलम्ची आयोजना
Ncell प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया