बालेन बने रास्वपा संसदीय दलको नेता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ लाई संसदीय दलको नेतामा चयन गरेको छ ।

बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको रास्वपा केन्द्रीय कार्यसमितिको बैठकले बालेनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको हो ।

‘पार्टी सभापति रवि लामिछानेज्यू ले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहज्यूलाई संसदीय दलको नेता चयन गर्न गर्नुभएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ,’ बैठकको निर्णयबारे प्रवक्ता मनिष झाले बताए ।

यससँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । आजै नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण समेत गरिसकेका छन् । शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ ।

बालेन संसदीय दलको नेता बनेसँगै आजै केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठक समेत सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?