संसदमा बलियो र प्रभावकारी प्रतिपक्षको भुमिका खेल्छौँः सांसद क्षितिज थेवे

लोकपथ
126
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसदमा प्रभावकारी भुमिका खेल्ने बताएका छन् ।

पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिए ।

उनले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने बताए ।

गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुले बिहीवार (आज) दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?