एमाले सांसदहरू शपथपछि सिधै च्यासल जाने, ओलीले विशेष निर्देशन दिने

लोकपथ
105
Shares

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई शपथलगत्तै पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । एमालेले राष्ट्रियसभाका सांसदहरूलाई समेत च्यासलमा बोलाएको छ । एमालेका सांसदहरू आज दिउँसो २ बजे शपथपछि सिंहदरबारबाट सिधै पार्टी कार्यालय जानेछन् ।

आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा एमालेको बैठक बस्दै छ । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने जनाइएको छ ।

एमालेबाट फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २५ जना सांसद निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?