हर्क साम्पाङले भने : ‘अब बन्ने सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन’

लोकपथ
21
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले अब बन्ने सरकारलाई आफ्नो पार्टीको रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति रहेको जनाएका छन् । 

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने। ‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ, प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ ।’

उनले संसद्मा आफूसहित धेरै नयाँ रहेको बताउँदै भने, ‘नयाँ छौं सिक्नुपर्ने थुप्रो छ । पहिले प्रश्न गर्ने ठाउँमा थियौं । अहिले गाली खाने ठाउँमा आइयो । उत्साह थोरै छ, जिम्मेवारी बोध धेरै छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?