६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने

लोकपथ
70
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।

यो समाचार लेख्दासम्म नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधिसभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर जानकारी गराएका हुन् । उनीहरूले इमेल र भौतिक रूपमा उपस्थित भएर सो जानकारी गराएका हुन् ।

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?