घट्यो सुन र चाँदी दुवैको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ? 

लोकपथ
903
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य तोलाको २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबारको भन्दा बिहीबारको मूल्य २ हजार ९०० रुपैयाँले कम हो । 

अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?