गोकुल बास्कोटाको टिप्पणी : ‘कार्की आयोगले भदौ २४ गतेलाई विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन’

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनप्रति टिप्पणी गर्दै भदौ २४ गतेको विध्वंसात्मक घटनालाई विस्मृतिमा धकेल्न खोजेको बताएका छन् ।  

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वले तयार पारेको प्रतिवेदनबारे इतिहासले जवाफ मागेका पात्र र र प्रवृत्ति कठघरामा उभिएर जवाफ दिने भएपनि त्यो एकतर्फी नहुने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान् नै । तर त्यो एकतर्फी हुन सक्दैन । र, घटनाहरूमा स्वतन्त्र कारण रहे पनि देखापरिसक्दा ती एक्ला हुँदैनन् ।’ उनले थप लेखेका छन्, ‘कारण, परिणाम र प्रभाव मात्र हैन अर्को पक्ष पनि सँगै भएकै हुन्छ । कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?