रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकमा पार्टीका आन्तरिक विषयसँगै नेतृत्व चयन र पछिल्लो राजनीतिक सहमतिबारे छलफल हुने जनाइएको छ ।

गत पुस १३ गते बालेन शाह र रास्वपाबीच ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिअनुसार पार्टी सभापतिमा रवि लामिछाने यथावत् रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको उल्लेख छ ।

रास्वपाका सचिवालय सदस्य गणेश पराजुलीका अनुसार सोही सहमतिअनुसार संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गर्ने तयारी गरेको छ ।

यता, नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज संसद भवन सिंहदरबारमा हुँदैछ ।

शुक्रबार बालेनले प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहेकाले त्यसअघि नै उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयमा पठाइने तयारी गरिएको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?