काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुने भएको छ । शपथ कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई बुधबार नै शपथ गराइसकेका छन् ।
शपथ समारोह सिंहदरबारस्थित नयाँ बहुउद्देश्यीय हलमा आयोजना हुनेछ । सचिवालयका अनुसार ४७ जना सांसदले नेपाली बाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन् ।
गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १८२ सिट जितेको छ । त्यस्तै, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेकपा ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया