फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ 

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजबाट लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको छ भने डिजेल तथा मट्टितेलमा पनि समान १५ रुपैयाँ वृद्धि गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेका बेला त्यसको प्रभाव नेपालमा पनि परेको निगमले जनाएको छ । विशेष गरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण कच्चा तेलको आपूर्तिमा असर पर्दा मूल्य चर्किएको बताइएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य देशभर लागू हुने निगमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?