प्रधानमन्त्रीको शपथ शुक्रबार १२ः३४ बजे : बटुकले स्वस्ति वाचन र बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने 

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथग्रहण शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिने भएका छन् ।

शपथ ग्रहणको साइत सो समयमा निस्किएपछि बालेनको समूहले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्तावसमेत गरिसकेको छ । 

बालेनले १२ः३४ मा प्रधानमन्त्रीको शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।

शपथग्रहणका क्रममा १०८ जना बटुकले स्वस्ति वाचन गर्ने भएका छन् भने १०७ बौद्ध लामा गुरुहरूबाट मंगलवाचन गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?