ठमेलमा युगान्डाका महिलाहरूको अश्लील हर्कत, रंगेहात समातिए २० जना

लोकपथ
406
Shares

काठमाडौं । अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले काठमाडौंको ठमेल क्षेत्रबाट २० जना युगान्डाका महिलाहरूलाई पक्राउ गरेको छ । 

बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको बताए । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?