काठमाडौं । उज्यालो नेपाल पार्टीले सडकबाटै जनताको सरकार चलाउने घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।
उनले राष्ट्रियता, सुशासन र जनताका विद्यमान समस्याको समाधानका लागि आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने उल्लेख गर्दै राम्रो कामलाई समर्थन र खराब कामको कडा आलोचना गरिने बताए ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्ने योजनामा रहेको जानकारी दिए । उनका अनुसार सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरी त्यसपछि जिल्ला, पालिका र वडासम्म संगठन विस्तार गरिनेछ ।
उनले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा पार्टीलाई सशक्त शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण समय अभाव रहेको निष्कर्ष पनि उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया