पदभार ग्रहण गर्दै नेता केसीले भने– ‘पारदर्शी र निष्पक्ष भूमिका निभाउँछु’

लोकपथ
133
Shares

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण  गरेका छन् । 

पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारदर्शी  रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।  

उनले सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने  बताए ।

उनले भने, ‘मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भुमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।’

नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् । 

यो पनि…

अर्जुननरसिंह केसीले लिए पद तथा गोपनीयताको शपथ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?