अर्जुननरसिंह केसीले लिए पद तथा गोपनीयताको शपथ 

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । 

प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यको शपथ भने भोलि बिहीबारका लागि तोकिएको छ । उनीहरूलाई ज्येष्ठ सदस्य केसीले नै शपथ गराउने छन् । 

नयाँ सभामुख चयन नभएसम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?