मकवानपुर । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सोही स्थानका ट्रक चालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया